मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

पैयुँ गाउँपालिका

वडा अध्यक्ष

धुर्कोट गाउँपालिका

कालीगण्डकी गाउँपालिका, स्याङ्जा

काचो स्याउ

एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति

Mayorsap

आइत, पौष २१, २०८१ | २१:२२ बजे

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेसँग पार्टी एकीकरणका लागि संवाद गर्न समिति गठन गरेको छ ।

अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै मधेश केन्द्रीत राजनीतिक पार्टीबीच संवाद, सहकार्य, कार्यगत एकता एवं राजनीतिक मुद्दा मिल्नेसँग पार्टी एकीकरणका लागि समिति गठन गरिएको जानकारी गराए ।

समितिमा वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा सुरेन्द्रकुमार झा र महासचिव मनिषकुमार मिश्र रहेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिको लागि संघर्षशील राजनीतिक शक्तिबीच संवाद, सहकार्य एवं कार्यगत एकता आजको आवश्यकता रहेको लोसपाले ठहर गरेको छ ।

यसैबीच लोसपाले कडाव व्यवसायीले विगत केही समयदेखि काठमाडौँमा गरिरहेको संघर्षप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासचिव मनिषकुमार मिश्रले आज विज्ञप्ति जारी गरी काठमाडौं महानगरपालिकाले कवाड व्यवसायलाई उचित व्यवस्थापनविना भौतिक संरचना तोडफोड र व्यवसायीलाई धरपटक गरी आतङ्कित तुल्याएको स्थितिप्रति ध्यानाकर्षण भएको जनाए ।

“महानगरले कवाड व्यवसायीलाई धरपकट गरी आतङ्कित तुल्याई भागाभागको स्थितिमा ल्याउन खोज्नु दुर्भाग्य हो । कानुनी राज्यको प्रत्याभूति दिलाउँदै न्यायसङ्गत ढङ्गले कामकारबाही अगाडि बढाउन सम्बन्धित निकाय तथा नेपाल सरकारसँग लोसपा नेपाल आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology