मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

बुद्धजन्मस्थल

गुराँस गाउँपालिका

गैंडाकोट नगरपालिका

मधुवन नगरपालिका

पैयुँ गाउँपालिका

गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका

‘गोरखा भ्रमण वर्ष २०२५’ सफल बनाउन ३२ योजनासहितको कार्यतालिका सार्वजनिक

Mayorsap

सोम, पौष २२, २०८१ | ०७:३८ बजे

गोरखा । गोरखा नगरपालिकाले ‘गोरखा भ्रमण वर्ष २०२५’ सफल बनाउन विभिन्न कार्यतालिका सार्वजनिक गरेको छ । नगरपालिकाले गोरखा भ्रमण वर्षमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि विभिन्न ३२ योजनासहितको कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अन्र्तगत गोरखामा ऐतिहासिक, धार्मिक तथा खेल क्षेत्रको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि देशभरका सातवटै प्रदेशमा ‘जाउँ है गोरखा कार्यक्रम’देखि लिएर प्रदेशस्तरीय खेलकुद प्रतियोगितासमेतको आयोजना गर्न लागिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।

 

‘‘गोरखालाई धार्मिक, ऐतिहासिक तथा खेल क्षेत्रसँग जोडेर यहाँको पर्यटनको विकासका लागि नगरपालिकाले नयाँनयाँ योजनाको थालनी गर्न लागेको हो, उनले भने, ‘‘अब पर्यटकलाई गोरखा घुम्न आउनका लागि प्रोत्साहित गर्छौँ ।’’ गोरखा घुम्न आउने पर्यटकलाई लक्षित गरेर नगरपालिकाले नगरभित्रका ५६ वटा धार्मिक एवं पर्यटकीयस्थलको पहिचान गरेर ‘बुकलेट’समेत तयार पारेको नगरप्रमुख रानामगरले जानकारी दिए । आँबुखैरेनी हुँदै गोरखा प्रवेश गर्ने पर्यटकका लागि पर्यटकीयस्थल पुग्ने बाटोको सूचना दिन क्यूआर कोडसहितको ‘स्टे«ट नम्बर’ राख्ने तयारी नगरपालिकाले गरेको छ ।

 

‘‘क्यूआर स्क्यान गरेपछि पर्यटकले सम्बन्धित पर्यटकीयस्थल र त्यसको महत्वका बारेमा थाहा सजिलै पाउन सक्छन्, उनले भने, ‘‘आउँदो माघ महिनाभित्रमा यो काम सम्पन्न गर्ने नगरपालिकाको कार्य योजना छ ।’’ त्यस्तै पर्यटकलाई जिल्ला पर्यटकीयस्थलको जानकारी दिने सदरमुकामस्थित बसपार्क नजिकै रहेको बहुउद्देश्सीय भवनमा नगरपालिकाले सूचना केन्द्र स्थापना गर्ने योजना बनाएको छ ।

 

नगरपालिकाले धार्मिक पर्यटक भित्र्याउनका लागि गोरखामा विश्वनाथ योगीको सम्मेलन गर्ने, गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्ने, रोट महोत्सव तथा शान्ति पद्यात्रा कार्यक्रम गर्ने, काठमाडौँ, पोखरा, लुम्बिनी, बन्दीपुर सौराहलगायतका स्थानमा पर्यटन सञ्जाल गठन गर्ने कार्यतालिकामा उल्लेख गरेको छ ।

 

‘‘गोरखा आउने पर्यटक सहजीकरणमा मद्दत पु¥याउनका लागि विविध पर्यटन प्रवद्र्धनसम्बन्धी तालिम सञ्चालन गरिनेछ, नगरप्रमुख रानामगरले भने, ‘‘त्यसबाहेक सामाजिक सञ्जालमार्फत पनि गोरखाको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पर्यटनसँग सम्बन्धित प्रतियोगिता आगामी फागनुमा गर्ने योजना बनाइएको छ ।’’ नगरपालिकाले गोरखा भ्रमण वर्ष सफल बनाउनका लागि होटल व्यवसायी सङ्घको आयोजनामा पर्यटन व्यवसायीको भेला, नगरपालिकामा गण्डकी प्रदेशस्तरीय न्यायिक भेला २०८१,  पर्यटनसम्बन्धी छलफललगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology