मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

वीरगञ्ज महानगरपालिका

सुनिता डंगोल

श्रमदान

लुम्बिनी सांस्कृतिक नगरपालिका

सिराहा नगरपालिका

माओवादीले ६३० स्थानीय तहमा छायाँ सरकार बनाउनुपर्ने प्रचण्डको प्रस्ताव

Mayorsap

मंगल, पौष २३, २०८१ | १४:३८ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा छायाँ सरकार बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

 

आइतबारबाट जारी पार्टीको केन्द्रीय समिति बैठक अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा माओवादी नेतृत्वदायी भूमिका नरहेका स्थानीय तहमा छायाँ सरकार बनाउने प्रस्ताव गरेका हुन् ।

 

देशभर ७५३ स्थानीय तह छन् । मोरङको ग्रामथानसहित १२३ स्थानीय तहमा माओवादी नेतृत्वको सरकार रहेको भन्दै प्रचण्डले बाँकी ६३० मा छायाँ सरकार बनाउन प्रस्ताव गरेका हुन् ।

 

‘संघीय र प्रादेशिक सरकारबाट बाहिरिएपछि हाम्रो पार्टीसँग उपचुनावमा विजयी बनेको मोरङको ग्रामथानसमेत १२३ स्थानीय सरकारको नेतृत्व रहेको छ । त्यसबाहेक कतिपयमा उपाध्यक्ष वा उपप्रमुख सहित हाम्रो बहुमत छ भने कतिपयमा हाम्रा केही प्रतिनिधिहरू छन् । हाम्रो नेतृत्व वा कुनै एक पदाधिकारीसहित बहुमत नभएको स्थानमा वा हामी अत्यन्त कम संख्यामा निर्वाचित भएको वा निर्वाचित नै हुन नसकेको स्थानमा पनि हाम्रो योजनाबद्ध भूमिका रहनुपर्छ । त्यहाँ अर्को ५ वर्ष सम्मको लागि हेरेर र कुरेर बस्नु हाम्रो कर्तव्य हुन सक्दैन,’ प्रचण्डले आफ्नो राजनीति प्रतिवेदनमा प्रस्ताव गरेका छन्, ‘त्यस्ता पालिकाहरूमा स्थानीय पार्टीले छायाँ सरकारको अवधारणाअन्तर्गत योजनाबद्ध रूपमा जनतासँग जोडिएका जनसेवा, सुधार र विकासका कामहरू गर्नुपर्छ ।’ 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology