मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बडिमालिका नगरपालिका

भाषा

सिद्धिचरण नगरपालिका

उपनिर्वाचन

कीर्तिपुर नगरपालिका

कांग्रेस, माओवादी र रास्वपाका सांसदहरूले लेखा समितिको बैठक डाक्न राखे माग

Mayorsap

मंगल, पौष २३, २०८१ | १६:११ बजे

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसदको सार्वजनिक लेखा समितिको बैठक डाक्न माग गरेका छन् । बैठक नराखे सार्वजनिक रूपमै माग गर्ने उनीहरूको चेतावनी छ ।

 

रास्वपाका सांसद मनिष झाले समितिको बैठक राख्न समिति सभापति ऋषिकेश पोखरेललाई आग्रह गरेका थिए । जवाफमा सभापति पोखरेलले ‘आफू केही दिन काठमाडौं बाहिर रहेकोले फर्किएपछि बैठक राख्ने’ बताएको झाले जानकारी दिए ।

 

माओवादी सांसद अमनलाल मोदी र कांग्रेस सांसद राजन केसीले पनि सभापतिलाई लेखासमिति बैठक राख्न माग गर्दै आएका छन् ।

 

मुलुकका सुशासनका अनेकन विषय रहेको तर बैठक नराखेको भनेर सांसदहरूले सभापति पोखरेलको ध्यानाकर्षण गर्दै आएका छन् ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology