मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

धार्चे गाउँपालिका

बेनी नगरपालिका

कावासोती नगरपालिका

बुटवल उपमहानगरपालिका

नलगाड नगरपालिका

तिब्बतको दिंगे केन्द्रविन्दु भएर भूकम्प जाँदा नेपालमा १३ जना घाइते

Mayorsap

मंगल, पौष २३, २०८१ | १६:३३ बजे

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतको दिंगे केन्द्रविन्दु भएर भूकम्प जाँदा नेपालमा १३ जना घाइते भएका छन् ।


केन्द्रीय प्रहरी प्रवक्ता विश्व अधिकारीका अनुसार, काठमाडौंमा १, बारामा ११ काभ्रेमा १ जना गरी १३ जना घाइते भएका हुन् ।


उनीहरू सबैको उद्दार गरेर स्थानीय अस्पतालमा उपचार गराइएको छ । घाइतेमध्ये अधिकांश डिस्चार्ज भइसकेका छन् ।


काठमाडौंमा भूकम्प जानेवित्तिकै स्युचाटारका एक व्यक्तिले घरको छतबाट हामफालेका थिए । त्यसक्रममा उनी घाइते भएका हुन् । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।


प्रहरीका अनुसार, भूकम्पबाट ९ भौतिक संरचनामा समेत क्षति पुगेको छ । तीमध्ये १ पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोष्ट कार्यालय भवनमा पनि क्षति पुगेको छ ।


सोलुखुम्बुको हिमाली क्षेत्रमा अन्यत्रभन्दा बढी धक्का महसुस गरिएको थियो । यद्यपि, यो आरोहरणको सिजन नभएको हुँदा थप क्षति भएन ।


चीनमा भने भूकम्पमा परेर हालसम्म कम्तिमा ९५ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चार संस्था सीजीटीएनले उल्लेख गरेको छ । स्थानीय अधिकारीहरूलाई उदृत गर्दै सीजीटीएनले १३० जना घाइते भएको भनेको छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology