मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

घोराही उपमहानगरपालिका

बीउ

राप्तीसोनारी गाउँपालिका

कैलारी गाउँपालिका

डुडुवा गाउँपालिका

बार अध्यक्षको मुद्दामा विवादित भिडियो झिकाउने सर्वाेच्चको आदेश

Mayorsap

मंगल, पौष २३, २०८१ | १८:३१ बजे

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरूद्धको अदालतको अवहेलना मुद्दामा श्रव्यदृश्यसहितको अभिलेख झिकाउने आदेश गरेको छ ।
     
न्यायाधीशद्वय डा नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले आज श्रव्य दृश्यको छायाङ्कनसहितको अभिलेख झिकाउन आदेश गरेको हो । आदेशमा भनिएको छ, “उक्त कार्यक्रमको श्रव्यदृश्यको छायाङ्कन/अभिलेख आयोजना बार एकाइबाट झिकाउनु ।” अदालतको अवहेलनामा यसअघि लिखित जवाफ माग गर्ने आदेश गरेको थियो । अदालतको अवहेलनामा हुने गरी अभिव्यक्ति दिएको उल्लेख गर्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले प्रतिवेदन तयार गरी दर्ता गरेका थिए।

सोही प्रतिवेदनको पहिलो सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले अध्यक्ष घिमिरेले सात दिनभित्र आफैँ वा आफ्नो वारेसमार्फत लिखित जवाफ बुझाउन आदेश गरेको थियो । अध्यक्ष घिमिरेले बारका तर्फबाट लिखित जवाफ पेस गरिसकेका छन् ।  

 

नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर प्रधानन्यायाधीश तथा अदालतको जनआस्थामा असर पुग्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलना गरेको उल्लेख गरिएको थियो ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology