Ad Image

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका २ जना धरौटीमा रिहा

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736318285.png

काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् ।

 

काठमाडौं जिल्ला अदालतको आदेश अनुसार दुई जना मंगलबार रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

 

 उनका अनुसार सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका हुन ।


मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।


आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।