Ad Image

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736330419.jpg

काठमाडौँ । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।


सप्तरी विष्णुपुर गाउँपालिका–७ का  ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका  ३७ वर्षीय राजेश बरामलाई मङ्गलबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।


अभियुक्त कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न पीडितबाट रु. ७२ लाख ४८ हजार एक सय ५० र राजेशले रु. आठ लाख ९० हजार लिएर सम्पर्कविहीन भएका थिए ।


पीडितको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कृष्णलाई काठमाडौँ महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर  पठाइएको छ ।