मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

बागलुङ नगरपालिका

जनकपुरधाम उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

वडा अध्यक्ष

कैलारी गाउँपालिका

राहत

छेडागाड नगरपालिका

लुम्बिनी प्राविधिक विश्वविद्यालय जनशक्ति उत्पादनको केन्द्र बन्नुपर्छः मुख्यमन्त्री आचार्य

Mayorsap

बुध, पौष २४, २०८१ | २१:५६ बजे

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई विश्व बजारमा काम गर्नसक्ने जनशक्ति उत्पादनको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।

 

विश्वविद्यालयको छैटौं सभा (सिनेट) लाई आज यहाँ सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्वविद्यालयको शैक्षिक र प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको धारणा राखे । “यो विश्वविद्यालयलाई देशकै नमुना बनाउन चाहन्छौं, देशका विभिन्न स्थानबाट यहाँ पढ्न आउने वातावरण सरकारले सृजना गर्न चाहन्छ”, उनले भने, “युगले खोजेको जनशक्ति उत्पादन गर्दै विश्वविद्यालयलाई सबैको आकर्षणको केन्द्र कसरी बनाउन सकिन्छ भन्नेबारेमा गम्भीर भएर लाग्न जरुरी छ ।”

 

प्रदेशबाट प्राविधिक जनशक्ति उत्पादन गर्ने सङ्कल्पसहित विश्वविद्यालय स्थापना भएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले शैक्षिक संस्थाको अध्ययन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

 

विश्वविद्यालयका कुलपतिसमेत रहेका मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएकोसमेत जानकारी गराए । विश्वविद्यालयको सिनेट बैठकमा आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगतिको समीक्षा, चालु आवको बजेट तथा कार्यक्रमलगायत विविध विषयमा छलफल भएको थियो । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology