मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

बागलुङ नगरपालिका

जनकपुरधाम उपमहानगरपालिका

बालेन शाह

टेम्केमैयुङ गाउँपालिका

चौँरी महोत्सव

लुम्बिनी विकास कोष

हुप्सेकोट गाउँपालिका

जुम्लाको कनकासुन्दरी गाउँपालिकाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालन

Mayorsap

बुध, पौष २४, २०८१ | २२:३४ बजे

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाभित्रका आठ वटा सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । विज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि विज्ञान विषयको पठनपाठन सहज हुने पाण्डवगुफा माध्यमिक विद्यालयका प्रद्यानाध्यापक हस्तबहादुर भण्डारीले जानकारी दिए । विज्ञान प्रयोगशालाबाट विद्यार्थीलाई  सिकाइ उपलब्धिमा सहयोग मिल्ने उनको विश्वास छ ।

 

पहिले विद्यालयमा विज्ञानको सैद्धान्तिक कक्षामात्र लिइरहेका विद्यार्थी अहिले प्रयोगशालामा व्यवहारिक कक्षसमेत लिइरहेका छन् । यो हरेक विद्यालय र विद्यार्थीका लागि सुखद् कार्य हो । विज्ञान विषय लिएर उच्च शिक्षा लिन चाहने विद्यार्थीका लागि सुनौलो अवसरसमेत भएको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यको भनाइ छ ।

 

आचार्यका अनुसार अब कुनै पनि विद्यार्थी विज्ञान विषयको व्यवहारिक कक्ष लिन पाइएन भन्दै गुनासो रहने छैन । प्रयोगशालाले विज्ञान विषयको अध्ययन र अध्यापनलाई सहज बनाउने विश्वास व्यक्त गरिएको छ । विज्ञान विषयमा विद्यार्थीको पहुँच बढाएको छ । साधन र स्रोतयुक्त विद्यालय निर्माणमा पालिका लागिपरेको गाउँपालिकाका अध्यक्ष आचार्यले जानकारी दिए। 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology