संसदका दुई समितिको बैठक बस्दै


काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक आज बस्दैछ । ती दुवै बैठक सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बस्नेछ । संघीय संसद सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ः०० बजेबाट सुरू हुनेछ । आजको बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने पुरानै एजेन्डा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।