मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

बैजनाथ गाउँपालिका

गृहमन्त्री

लुम्बिनी सांस्कृतिक नगरपालिका

महादेवा गाउँपालिका

कानेपोखरी गाउँपालिका

२ छोरीको हत्या गरेको स्वीकारिन् पूर्णिमाले

उनी आफैंले आत्महत्याको प्रयास समेत गरेकी थिइन् ।

Mayorsap

बिही, पौष २५, २०८१ | १०:५८ बजे

काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातालमा पूर्णिमा रानाले आफ्ना दुई छोरीको हत्या गरेको स्वीकार गरेकी छन् । प्रारम्भिक सोधपुछको क्रममा पूर्णिमाले छोरीहरुको हत्या स्वीकार गरेको सल्यान प्रहरीले जनाएको छ ।


बुधबार बिहान पूर्णिमाका ३ वर्ष र ६ महिनाका दुई छोरीहरु घरभित्रै मृत भेटिएका थिए । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले आमा पूर्णिमालाई घरबाटै नियन्त्रणमा लिएको थियो ।


पूर्णिमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् । उनीविरुद्ध बिहीबार जाहेरी दर्ता भएपछि औपचारिक रुपमा बयान लिने लगायतका प्रक्रिया अघि बढ्ने छ ।


यद्यपि प्रारम्भिक सोधपुछको क्रममा उनले पारिवारिक तनावका कारण छोरीहरुलाई घाँटी थिचेर मारेको बताएकी छन् । प्रहरीका अनुसार उनी आफैंले आत्महत्याको प्रयास समेत गरेकी थिइन् ।


‘आफूले आत्महत्या गर्छु भनेर प्रयास गरेको र तर नसकेको भनेकी छन्,’ भन्यो, पछि छोरीहरुको हत्या गरेको सल्यान प्रहरी स्रोतले बताएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology