Ad Image

कर्णाली प्रदेश सरकारले भूकम्पमा भत्केका विद्यालय पुनर्निर्माण गर्ने

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736406059.jpg

सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य संस्था पुननिर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले  जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुननिर्माण गर्न हो ।


मन्त्रालयका अनुसार रुकुम पश्चिमको  २७ विद्यालय र पाँच स्वास्थ्य सस्था पुन निर्माण गर्न लागिएको हो ।

     
विद्यालय भवनका लागि रु. १९ करोड ६० लाख र पाँच  स्वास्थ्य संस्था पुन निर्माणका लागि रु. दुई करोड ४० लाख स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।