मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

पुरातात्विक संरचना

खेलकुद मेला

देवचुली नगरपालिका

चौँरी महोत्सव

तीनपाटन गाउँपालिका

विकास बैंक र फाइनान्स गरी ६ संस्थाको तरलता अवस्था विश्लेषण गर्दै राष्ट्र बैंक

Mayorsap

बिही, पौष २५, २०८१ | १३:०६ बजे

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको घटनापछि नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनी समेत ६ संस्थाको तरलता अवस्थाबारे विश्लेषण सुरु गरेको छ ।


नेपाल राष्ट्र बैंकले यही साता वाणिज्य बैंकहरूलाई पत्र काट्दै ती ६ संस्थाले वाणिज्य बैंकहरूमा निक्षेप राखेको छ कि छैन भन्दै सूचना माग गरेको हो ।


समस्याग्रस्त घोषणा गरी राष्ट्र बैंकले कर्णाली विकास बैंक व्यवस्थापन जिम्मा लिएको छ । कर्णाली डेभलपमेन्ट बैंकले वाणिज्य बैंकमा निक्षेप राखेको भन्दै फर्जी निक्षेप प्रमाणपत्र राष्ट्र बैंकमा पेस गरेको खुलेको थियो । राष्ट्र बैंकले १० पुसमा कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो ।


कर्णाली डेभलपमेन्ट बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख महादेव भन्ने बेदप्रकाश ठकुरी र हालका सीईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहकै संलग्नतामा रकम अपचलन भएको बैंकले गरेको आन्तरिक छानबिनले देखाएको थियो ।

 

राष्ट्र बैंकमा रहेको कर्णाली विकास बैंकको खाता (सीआरआर) मा ७ पुस २०८१ सम्म २२ करोड ७४ लाख ६१ हजार २ सय ८२ मौज्दात रहेकोे सीबीएसमा प्रविष्टि गरिएको थियो । तर, छानबिन समिति अनुसन्धान क्रममा उक्त खातामा करिब शून्य मौज्दात रहेको भेटिएको थियो ।


बैंकको उच्च व्यवस्थापनमा रहेका उल्लिखित व्यक्तिले अन्य बैंकमा रहेको नक्कली ‘ब्यालेन्स सर्टिफिकेट’ बनाएर रकम अपचलन ढाकछोप गरेको पनि छानबिन समितिले उल्लेख गरेको छ ।


बैंक विवरण कागजपत्रमा फोटोसप गरेर आफूले चाहे बमोजिम विवरण थप गरी किर्ते विवरण बनाइ त्यसको फोटोकपी गरेर राष्ट्र बैंक अनुगमन टोलीलाई पेस गर्ने गरेको पनि छानबिन प्रतिवेदनमा उल्लेख छ ।


सोही घटनापछि केन्द्रीय बैंक वित्तीय अवस्था कमजोर बन्दै गएका ६ वटा संस्थामाथि निगरानी बढाएर तरलता अवस्था बुझ्न सुरु गरेको हो ।


‘४ वटा विकास बैंक र २ वटा फाइनान्स कम्पनीको निक्षेपको अवस्था बुझन् वाणिज्य बैंकलाई पत्र काटिएको छ,’ सम्बद्ध स्रोतले भन्यो, ‘यही साता काटेको पत्रको जवाफ प्राप्त भइसकेको छैन ।’


स्रोतका अनुसार राष्ट्र बैंकले सप्तकोसी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक र सिन्धु विकास बैंकको तरलताको अवस्था विश्लेषण गर्न सुरु गरेको छ ।


यस्तै फाइनान्स कम्पनीतर्फ जानकी फाइनान्स र पोखरा फाइनान्सको विवरण वाणिज्य बैंकहरूसँग माग गरेको हो ।


वित्तीय अवस्था कमजोर देखिएको र संस्था सुशासनमा समस्या देखिएको बैंकहरूको तरलता अवस्था विश्लेषण गरेको राष्ट्र बैंक स्रोतको दाबी छ ।


‘कुनै एक्सनमा जानुअघि संस्थाको तरलता अवस्था बुझ्न लागिएको हो । तरलता अवस्था सामान्य भए बैंक व्यवस्थापनबाट नै सुधार गर्ने कोसिस हुन्छ,’ स्रोतले भन्यो, ‘यी संस्थाको अवस्था यकिन गरेपछि कसरी सुधारमा लैजाने भन्ने निर्णय हुन्छ । समस्याग्रसत घोषणा गर्नेभन्दा बैंककै व्यवस्थापन मार्फत सुधार गर्ने कोसिस रहन्छ ।’


राष्ट्र बैंकले २०७० को दशक सुरुवातमा १६ बैंक तथा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गर्दै त्यसको व्यवस्थापन गरेको थियो । समस्याग्रस्त संस्था व्यवस्थापन विभाग नै गठन गरेर ती संस्थाको व्यवस्थापन हेरेको थियो ।


अहिले पनि क्षेत्रीय स्तरमा कार्यक्षेत्र रहेका केही विकास बैंक र फाइनान्स कम्पनीमा समस्या बढ्दै गए पनि राष्ट्र बैंकले तरलता अवस्था विश्लेषण सुरु गरेको थियो ।


विशेषगरी कर्णाली डेभलपमेन्ट बैंकले फर्जी निक्षेप प्रमाणपत्र राष्ट्र बैंकमा पेस गरेको तथा निष्क्रिय कर्जा ४० प्रतिशतमाथि पुग्दा पनि ६/७ प्रतिशत मात्रै देखाए पनि अन्य संस्थाको अवस्था विश्लेषण गर्न सुरु गरेको स्रोतको दाबी छ ।


विकास बैंक र फाइनान्स कम्पनीले वाणिज्य बैंकमा निक्षेप राख्न सक्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाको तरलता अवस्था नियमित बुझ्ने क्रममा नियमित प्रक्रिया अन्तर्गत नै उक्त विवरण माग गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलले बताए । उनका अनुसार राष्ट्र बैंकको ‘अफसाइट सुपरिभिजन’ को नियमति प्रक्रिया हो ।


तरलता अवस्था कस्तो छ भनेर बुझने प्रयोजनका लागि मात्रै उक्त विवरण माग गरेको उनले बताए । ती संस्थामा समस्या आएकाले उक्त विवरण माग भएको उनले स्पष्ट पारे ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology