Ad Image

सूर्यदर्शन सहकारी प्रकरणमा जवाफी बहस सकियो, अब आदेश आउने

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736408848.jpg

काठमाडौँ । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितलाई प्रतिवादी बनाइएको मुद्दामा सरकारी वकिलको जवाफी बहस सकिएको छ ।


यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।


पुस ८ गतेदेखि कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादीको बयान र थुनछेक बहस भएको हो ।


यही क्रममा बिहीबार सरकारी वकिलको जवाफी बहस सकिएको छ । योसँगै अब रवि लामिछानेसहित प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा वा साधारण तारेखमा छाड्ने आदेश अदालतले दिनेछ । यसको तयारी भइरहेको छ ।