मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

सिराहा नगरपालिका

‘छोरी सम्मान कार्यक्रम’

बारेकोट गाउँपालिका

सूर्यविनायक नगरपालिका १७औँ नगर अधिवेशन

चन्द्रकोट गाउँपालिका

साताको अन्तिम कारोबार दिन सेयर बजार घट्यो, कारोबार रकम ७ अर्ब नाघ्यो

Mayorsap

बिही, पौष २५, २०८१ | १६:०७ बजे

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ । विगतका ६ कारोबार दिन लगातार बजार बढेको थियो ।


आजको गिरावटपछि नेप्से २६३५ मा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ६ अर्ब ४० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३० करोडको भयो ।


घटेको मौकामा कतिपय लगानीकर्ताले खरिदको अवसर ठाने । कतिपयले थप घट्ने संकेतका रुपमा बुझे । जसले गर्दा कारोबार रकम उल्लेख्य हुन पुग्यो ।


जम्मा ५५ कम्पनीको मूल्य बढ्दा १८० को घट्यो भने ७ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह ०।९९ प्रतिशत बढ्दा अरु सबै सेक्टर घटे । फाइनान्स २।९३ प्रतिशत घट्यो ।

 

बैंकिङ ०.४३, विकास बैंक २.०४, हाइड्रोपावर ०.३८, लगानी ०.३७, जीवन बीमा १.१४, उत्पादन ०.८६, माइक्रोफाइनान्स १.२५, निर्जीवन बीमा ०.३४, अन्य ०.४४ र व्यापार ०.७४ प्रतिशत घटे ।


दुई हाइड्रोपावर कम्पनी बाराही र हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशत बढ्यो । रिभरफल्स पावरको ८.१९, न्यादीको ८.११ प्रतिशत मूल्य बढ्यो । सप्तकोशी विकास बैंकको ९.२३, मायाखोला हाइड्रोपावरको ८.४, सामुदायिक लघुवित्तको ७.४, जानाकी फाइनान्सको ६.०५ तथा पोखरा फाइनान्सको ५.६ प्रतिशत मूल्य घट्यो ।


कारोबार रकमका आधारमा सुपरमादी हाइड्रोपावर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology