मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

हर्क साम्पाङ

रास्कोट नगरपालिका

सखुवा प्रसौनी गाउँपालिका

चौरपाटी गाउँपालिका

बुढीनन्दा नगरपालिका

रवि लामिछाने तत्काल रिहा नहुने, धरौटी बुझाए लगत्तै पुनः पक्राउ गर्न काठमाडौं प्रहरी तयार

Mayorsap

बिही, पौष २५, २०८१ | १८:२५ बजे

काठमाडौं । सहकारीको बचत अपचलन मुद्दामा जिल्ला अदालत कास्कीले छोड्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तत्काल नछुट्ने भएका छन् । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउनेछ ।

उनलाई पुनः पक्राउ गर्न काठमाडौं प्रहरी तयार भएर बसेको छ । सहकारी ठगी मुद्दामा रविलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको हो । तर, उनी ‘छुटी जाने भएमा प्रहरीकै जिम्मा दिनु’ भन्ने मागबमोजिम अदालतले उनलाई प्रहरीकै जिम्मा दिन लागेको स्रोतले जनायो ।

रविविरुद्ध दायर भएको आर्थिक अपचलनसम्बन्धी मुद्दामा धरौटीमा रिहा भए पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा केही आदेश नआएको प्रहरी स्रोतको भनाइ छ । रविविरुद्ध काठमाडौं प्रहरीले आइतबार र रुपन्देही प्रहरीले मंगलबार सोही प्रकृतिको मुद्दा दायर गरेका कारण उनलाई ती जिल्लामा पठाउने बताइएको छ ।


रविसहितका प्रतिवादीविरुद्ध कास्की, काठमाडौं, रुपन्देही, चितवन र पर्सा प्रहरीले सहकारी ठगी मुद्दा अगाडि बढाइएका छन् । सबै जिल्लाका अदालतको मुद्दा किनारा नलागी उनी रिहा हुने सम्भावना न्यून छ ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology