आवास सुविधासहित निःशुल्क लोकसेवा कक्षा सञ्चालन गर्दै खिजीदेम्वा गाउँपालिका
Mayorsap
बिही, पौष २५, २०८१ | १९:२४ बजे
ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाले लोकसेवा तयारीका लागि पुनर्ताजगी कक्षा सञ्चालन गर्ने भएको छ । पालिकाले सार्वजनिक सूचना सार्वजनिक गर्दै यसअघि सञ्चालन गरिएको निःशुल्क लोकसेवा कक्षामा सहभागी भएका उम्मेदवारलाई पुनर्ताजगी कक्षा सञ्चालन गर्न लागेकाले सम्बन्धित सबैलाई माघ ६ गतेभित्र सम्पर्क गर्न आह्वान गरेको छ ।
पालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न गत मंसिर १४ र पुस ७ गते सूचना प्रकाशन गरेको थियो । पुनर्ताजगी कक्षाका लागि छनौट भएका उम्मेदवारहरुलाई आवास सुविधा गाउँपालिकाले निःशुल्क उपलब्ध गराउने हुँदा आवास सुविधा लिन चाहाने उम्मेदवारहरुले आउँदो माघ ६ गतेभित्र कार्यालयमा निवेदन दिन आह्वान गरिएको छ ।