मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

बराहक्षेत्र नगरपालिका

विपन्न किसान

सामुदायिक विद्यालय

बुद्धजन्मस्थल

विराटनगर महानगरपालिका

संघीय संसदका ५ समितिको बैठक बस्दै

Mayorsap

शुक्र, पौष २६, २०८१ | ०८:३३ बजे

काठमाडौं । संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सो बैठकहरू सिंहदरवारस्थित कार्यालयमा बस्ने छन् । महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । बैठकमा समानुपातिक प्रतिनिधित्वको वर्तमान अवस्था र कार्यान्वयनको मूल्याङकन सम्बन्धमा छलफल हुने कार्यतालिका छ ।

 

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथी छलफल हुनेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । बिहान ११ बजे देखी सुरू हुने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल गरिने भएको छ ।

 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुने जनाउँदै बैठक बिहान ११ः३० बजेबाट सुरू गरिने समितिले जनाएको छ ।

 

साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने नेपालको संविधानको धारा २६५ मा यस भाग बमोजिम गठन भएका आयोगहरुको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था रहेकोले सो सम्बन्धी आयोगको धारणा सम्बन्धमा छलफल सुरू हुनेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology