मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

सूर्यविनायक नगरपालिका १७औँ नगर अधिवेशन

श्री राष्ट्रिय माध्यमिक विद्यालय

रेणु दाहाल

टेम्केमैयुङ गाउँपालिका

नगर बस

दैलेखमा ग्याँस भण्डारण भेटियो

Mayorsap

शुक्र, पौष २६, २०८१ | १२:४५ बजे

दैलेख । दैलेखमा ग्याँस भण्डारण भेटिएको छ । पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका क्रममा ४ हजार १३ मिटर गहिराइमा ग्याँसको भण्डार भेटिएको हो । चीनको सहयोगमा दैलेखको जलजलेमा २०८१ वैशाख २८ गतेबाट सुरु गरिएको ड्रिलिङको काम ग्याँसको भण्डार भेटिएपछि सकिएको छ ।


दैलेखको जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ४५ रोपनी जग्गा सरकारले अतिक्रमण गरेर अन्वेषणको काम सुरु भएको थियो ।


ग्याँस भण्डारण भेटिनु नेपालमा पनि ग्याँस र पेट्रोलियम पदार्थको भण्डारण हुन सक्ने बलियो प्रमाणको रुपमा लिन सकिने खानी तथा भूगर्भ विभागले जनाएको छ । विभागका अनुसार उत्पादनका लागि थप काम कसरी अगाडि बढाउन सकिन्छ भनेर अन्वेषण टोलीलाई पत्र पठाइसकेको छ ।  


साथै ड्रिलिङका बेला संकलन गरिएका नमुनाहरू थप परीक्षणका लागि चीन पठाउने र तीन महिनासम्म स्पष्ट खाकासहितको प्रतिवेदन चीन सरकारको टोलीले दिएपछि अर्को प्रक्रिया सुरु हुने खानी तथा भूगर्भ विभागको भनाइ छ ।


दोस्रो चरणको काम सकिएको र अब तेस्रो चरणमा कति रकम खर्च लाग्छ र त्यसको व्यावसायिक उत्पादन योग्य छ–छैन भन्ने प्रतिवेदन चीन सरकारले नेपाललाई बुझाएपछि थप प्रक्रिया अगाडि बढ्ने विभागले जनाएको छ ।


चीन सरकारको दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननको कार्य थालिएको हो । नेपालमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन कार्यमा चीनले सहयोग गर्ने विषयमा दुई देशबीच २०७२ सालमा सहमति भएको थियो । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology