मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

खार्पुनाथ गाउँपालिका

गोरीकला बुढा

पोखरा महानगरपालिका

पैयूँ गाउँपालिका

चन्द्रबहादुर गुरुङ

भीसी छनोटमा मेडिकलबाट आवेदन दिन नपाउने केयूको कार्यविधि, डाक्टरहरू गए अदालत

Mayorsap

शुक्र, पौष २६, २०८१ | १६:०१ बजे

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा मेडिकलबाट उपकुलपतिमा आवेदन दिन नपाउने गरी कार्यविधि बनाएको भन्दै डाक्टरहरू सर्वोच्च अदालत गएका छन् ।


उपकुलपति छनोट समितिले बनाएको कार्यविधिमा असहमति जनाउँदै डाक्टरहरू अदालत गएका हुन् । ‘छनोट समितिलाई बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएपछि अदालत गएका हौँ,’ केयू स्कूल अफ मेडिकल साइन्स फ्याकल्टी काउन्सिलका अध्यक्ष प्राडा सुवीन्द्र कार्कीले भने । उनका अनुसार सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता भएको छ ।


कार्यविधिका मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भनिएको छ । यो व्यवस्थामा मेडिकल क्षेत्र नसमेटिने डाक्टरहरूको तर्क छ ।


योग्यताको विषयमा थप प्रष्ट पार्न छनोट समितिका संयोजक केयूका पूर्वउपकुलपति सुरेशराज शर्मालाई आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो डाक्टरहरूको छ ।

 

‘मेडिकललाई प्रतिस्पर्धामा आउनै वञ्चित गरियो । केयूको अभिभावकबाट नि सम्बोधन भएन । गलत नजिर बस्छ । त्यसैले अदालतबाट न्याय मिल्छ भनेर गएका हौँ,’ कार्कीले भने ।


मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएस हो । तर, यो योग्यता भएकाले भीसीका लागि आवेदन दिन नपाउने भएपछि अदालत जानुपरेको बताउँछन् कार्की ।


छनोट समितिले गत १८ पुसमा १० दिनको समय दिएर उपकुलपतिका लागि खुला आह्वान गरेको थियो । आवेदन दिने समय अब दुई दिन बाँकी छ । तर, डाक्टरहरू अदालत गएपछि उपकुलपति छनोट अन्योल भएको छ ।


६ माघदेखि उपकुलपति प्रा.डा भोला थापाको चार वर्षे कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति छनोट गर्न लागिएको हो । छनोट समितिमा प्रा.डा अर्जुन कार्की र पूर्वशिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology