Ad Image

नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736516200.jpg

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किवासस्थित विनयी खोलाको पुल भासिएपछि यातायात पूर्णरूपमा अवरूद्ध भएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बताए । 

आज साँझ ५ बजेको समयमा पुलको बीच भाग भासिएपछि यातायात अवरूद्ध भएको प्रजिअ पोखरेलले बताए । पुल तत्काल मर्मत गरी सञ्चालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको कार्य थालिएको उनले बताए । डाइभर्सन निर्माण गरी यातायात सुचारू गर्न केही समय लाग्ने प्रजिअ पोखरेलले बताए ।