Ad Image

विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736558352.jpeg

काठमाडौं । आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप खेल्न नेपाली टोली आज मलेसिया जाँदैछ । मलेसियामा हुन लागेको विश्वकप खेल्न जान लागेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार बिदाइ गरिसकेको छ । नेपाली टोलीको कप्तानी पूजा महतोले गर्नेछिन् भने प्रशिक्षकमा महेशप्रसाद रिजाल रहेका छन् ।  विश्वकप यही माघ ५ देखि २० सम्म मलेसियामा हुँदैछ ।

क्यानका अनुसार १६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डको टिम रहेका छन् । नेपालका लागि बंगलादेशबाहेक अन्य भने नयाँ प्रतिद्वन्द्वी टोली हुन् । नेपालले माघ ५ गते बंगलादेशसँग खेल्नेछ भने माघ ७ मा स्कटल्यान्ड र ९ मा अस्ट्रेलियासँग खेल्ने तालिका तय भइसकेको छ ।

नेपाली टोलीः

पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुवँर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत