सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
Mayorsap
शनि, पौष २७, २०८१ | १८:३७ बजे

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेस गरिने भएको छ । शुक्रबार साँझको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।
गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनलाई समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक परिमार्जन र संशोधनमा जोड दिँदै आएका थिए। प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा लोक सेवा आयोगको सहमतिपछि मन्त्रालयले ती विधेयक मन्त्रिपरिषदमा पेस गरेको हो ।