एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
Mayorsap
आइत, पौष २८, २०८१ | १०:२१ बजे

काठमाडौं । तपाईले धेरै पटक बिजुलीको करेन्ट लाग्ने कुरा सुन्नु भएको होला तर के तपाईंले कहिले सुन्नु भएको छ कसैलाई अचानक छुँदा ठूलो झट्का लाग्छ भनेर ? यो बढी मात्रामा जाडोमा हुन्छ। तर के तपाईंले कहिल्यै सोच्नुभएको छ किन यस्तो हुन्छ ? कतिपयलाई यो जादु हो भन्ने लाग्छ भने कतिपयलाई थाहा छैन किन यस्तो हुन्छ ? त्यहाँ कुनै वैज्ञानिक कारण वा कुनै जादु छ त ?
यदि तपाई पनि ती व्यक्ति मध्ये एक हुनुहुन्छ, जो कुनै व्यक्तिलाई छोएर विद्युतीय करेन्ट लागेको अनुभव गर्नु भएको छ भने जान्नुहोस् यस पछाडिको कारण । वास्तवमा यो जादु होइन तर यसको पछाडि विज्ञान छ। वास्तवमा, इलेक्ट्रोनको संख्या बढेको व्यक्तिको शरीरमा नकारात्मक चार्ज पनि बढ्छ, यस्तो अवस्थामा जब ऋणात्मक इलेक्ट्रोनले व्यक्ति वा वस्तुमा रहेको सकारात्मक इलेक्ट्रोनलाई आफूतर्फ आकर्षित गर्छ। तब झट्का लाग्छ ।
वैज्ञानिकहरूका अनुसार जब नकारात्मक इलेक्ट्रोनहरूले सकारात्मक इलेक्ट्रोनहरू आफूतर्फ आकर्षित गर्छन्, तब कुनै पनि व्यक्ति वा वस्तुलाई छुँदा विद्युतीय झट्का लाग्छ। अब हामी पनि जानौँ कि ती चीजहरू के हुन् जसले छोएपछि अधिक प्रवाह हुन्छ। खासमा जाडो मौसममा यो अधिकतम प्रवाह महसुस हुन्छ। जाडोमा ऊनी कपडा, धातुका वस्तु, नायलन, पोलिस्टर जस्ता कपडाहरू छुँदा यो अनुभुती हुने गर्दछ । यस बाहेक कपाल छुँदा पनि बिजुलीको झट्का लाग्छ।
तर, कसैलाई छुँदा जुनसुकै मौसममा विद्युतीय झट्का लाग्न सक्छ। गर्मी होस्, जाडो होस् या वर्षायाम तर यो जाडो मौसममा बढी हुन्छ। झरेको कपालले पनि कहिलेकाहीँ झमझम लाग्छ। मानव शरीरमार्फत लाग्ने विद्युतीय झट्का साँच्चैको विद्युतीय झट्का भन्दा बलियो हुन्छ।