मेयरसाप

बालेन शाह

अर्थ

शिक्षा

काठमाडौं महानगरपालिका

राजनीतिक दल

शिक्षक

‘मेयरसँग युवा’

पुरातात्विक संरचना

औद्योगिक ग्राम

सिराहा नगरपालिका

राजपुर गाउँपालिका

बागमती गोल्डकप फुटबल फागुनमा

Mayorsap

आइत, पौष २८, २०८१ | २०:५२ बजे

हेटौँडा । सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुनेभएको छ । उक्त प्रतियोगिता बागमती गाउँपालिकामा निर्मित सहिद स्मृति रङ्गशालामा सञ्चालन हुनेछ ।

बागमती गाउँपालिका खेलकुद विकास समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म बागमती–४ झुरझेस्थित रङ्गशालामा हुने जानकारी दिइयो । यस अघि उक्त प्रतियोगिता  जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो । प्रतियोगितामा पहिलो हुने टोलीले रु १० लाख र दोस्रो हुनेले रु पाँच लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिए ।

प्रतियोगितामा ‘ए’ डिभिजनका सात र मोफसलका तीन टोली सहभागी हुने छन् । प्रतियोगिताको सर्वोत्कृट  खेलाडीलाई रु एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई रु १० हजार पुरस्कार प्रदान गरिने छ । 

फुटबल खेलको प्रवर्द्धनका लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सञ्चालन गर्ने योजना बनाएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए । यसअघि छैटौँ संस्करणको उपाधि मछेन्द्र युथ क्लब काठमाडौँले जितेको थियो । प्रतियोगिता सञ्चालन गर्न गाउँपालिकाले रु ३० लाख सहयोग गरेको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology