मेयरसाप

बालेन शाह

अर्थ

शिक्षा

काठमाडौं महानगरपालिका

राजनीतिक दल

शिक्षक

कालीगण्डकी गाउँपालिका, स्याङ्जा

राजस्व

लमही नगरपालिका

काठमाडौं महानगरपालिका

राहत

शेरबहादुर देउवाको नामबाट निकालेको विज्ञप्ति नक्क‍लीः कांग्रेस

संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन माग

Mayorsap

आइत, पौष २८, २०८१ | २१:१५ बजे

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धन सरकारका बारे अन्योल सिर्जना गरी जनतालाई दिग्भ्रमित गर्ने उद्देश्यले पार्टी सभापति देउवाका नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा गम्भीर ध्यानाकर्षण भएको बताए ।

कांग्रेसले हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैरकानुनी कार्यमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ । पार्टी कार्यालयका मुख्यसचिव पौडेलले यस्ता भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा अनुरोधसमेत गरेका छन् । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology