एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
Mayorsap
आइत, पौष २८, २०८१ | २२:१४ बजे

काठमाडौं । सरकारले १३ सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ सचिवको एकै पटक सरुवा गरेको हो । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव कृष्णहरी पुस्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सविचमा सरुवा गरेको छ भने मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको सार्वजनिक खरिद अनुगमन कार्यालयकमा सरुवा गरेको छ।
यस्तै पर्यटन मन्त्रालयमा विनोद सिंह, महालेखा नियन्त्रक कार्यालयमा गणेश पाण्डे, महिला बालबालिका मन्त्रालयमा लक्ष्मी बस्नेत र उपराष्ट्रपतिको कार्यालयमा दिनेश भट्टराईलाई सुरुवा गरिएको छ । यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा रविलाल पन्थ, निर्वाचन आयोगमा भरतमणि सुवेदी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुमानराज अर्याललाई सरुवा गरिएको छ । कर्णाली प्रदेशमा लोकनाथ पौड्याललाई पठाइएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा हरि लम्साललाई सुरुवा गरिएको छ छ भने चुडामणी शर्मा पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
बागमती प्रदेशमा महादेव पन्थलाई पठाएको छ । मन्त्रिपरिषद्ले बाबुराम अधिकारीलाई लुम्बिनी प्रदेशको कामु प्रदेश सचिव र मदन भुजेललाई मधेस प्रदेशको कामु सचिवको जिम्मेवारी दिएको छ ।