मेयरसाप

बालेन शाह

अर्थ

शिक्षा

काठमाडौं महानगरपालिका

राजनीतिक दल

राजस्व

सेवाग्राही सुविधा

बागलुङ नगरपालिका

औद्योगिक ग्राम

चुमनुब्री गाउँपालिका

राष्ट्रिय महिला आयोग

अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै

Mayorsap

सोम, पौष २९, २०८१ | ०७:०१ बजे

काठमाडौं । संघीय संसदका पाँच वटा समितिका बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सबै समितिका बैठक सिंहदरवारस्थित परिसरमा बस्ने छन् । अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफलले निरन्तरता पाउनेछ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुने बताइएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुई वटा एजेन्डामा छलफल हुनेछ । पहिलो एजेन्डामा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो वैदेशिक भ्रमण सम्बन्धमा छलफल गरिनेछ भने दोस्रो एजेन्डामा परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१र८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा छलफल हुनेछ । समितिका अनुसार सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

उता, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान १०ः३० बजेबाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालयसँग सबन्धित विषयमा छलफल हुनेछ । 

अपरान्ह १२ः३० बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै एजेन्डा तिलगंगा विश्वविद्यालय सम्बन्धी विधेयकमा छलफल हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुनेछ । जसका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेललगायतलाई आमन्त्रित गरिएको समितिले जनाएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology