मेयरसाप

बालेन शाह

अर्थ

शिक्षा

काठमाडौं महानगरपालिका

राजनीतिक दल

शिक्षक

सिद्धिचरण नगरपालिका

कावासोती नगरपालिका

नगर विकास कोष

अन्नपूर्ण गाउँपालिका

भेरी नगरपालिका

विश्वका घुम्नलायक स्थानको सूचीमा लुम्बिनी ‘टप टेन’ मा

Mayorsap

सोम, पौष २९, २०८१ | ०९:४५ बजे

काठमाडौं । चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले सार्वजनिक गरेको विश्वका घुम्न लायक उत्कृष्ट स्थानको सूचीमा लुम्बिनीलाई पनि समेटेको छ । सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येमा बुद्ध जन्मस्थल लुम्बिनीलाई नवौँ स्थानमा राखिएको छ । विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो । 

‘प्राचीन तीर्थस्थलमा नयाँ मन्दिर र ध्यान केन्द्रको भ्रमण गर्नुहोस्’ भन्दै न्यूयोर्क टाइम्सले लुम्बिनीबारे संक्षिप्त परिचय समेत राखेको छ । त्यसमा लेखिएको छ९ हजारौं वर्ष पहिले मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा बुद्ध सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन् । त्यतिबेलाका पुरातन भग्नावशेष र समकालीन बौद्ध केन्द्रहरुले भरिएको तीर्थस्थल भएको छ लुम्बिनी । विनाशकारी भूकम्पले नेपाललाई हल्लाएको १० वर्षपछि नयाँ मन्दिर र ध्यान केन्द्रहरु खुलिरहेका छन् ।

लुम्बिनीको संक्षिप्त परिचयमा गत नोभेम्बरमा खुलेको ‘थाउजेण्ड टेम्पल’बारे चर्चा गरिएको छ ।  न्यूयोर्क टाइम्सले समेटेको विश्वका उत्कृष्ट गन्तव्यस्थलको सूचीको पहिलो नम्बरमा इंग्ल्याण्डको जेन अस्टिन, इक्वेडरको ग्यालापागोस द्वीप, न्यूयोर्क म्युजियम, भारतको आसाम, थाइल्याण्डको ह्वाइट लोटस लगायत छन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology