मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

राजीनामा

देवचुली नगरपालिका

खेलकुद मेला

गौरीगङ्गा नगरपालिका

जलजला गाउँपालिका

युएनडीओको पहिलो बैठकबाट ६ जना मनोनीत

Mayorsap

सोम, पौष २९, २०८१ | १०:४० बजे

काठमाडौँ । युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ) को कार्यसमितिमा ६ जना मनोनीत भएका छन् ।  अध्यक्ष सोनाम लाममाको अध्यक्षतामा बसेको पहिलो बैठकले महिलातर्फ इन्दिरा रोका (अस्ट्रेलिया), सम्वृद्धि गुरुङ (यूके) र सुन्दरी लामा (स्पेन) तथा पुरुषतर्फ इर्साद अहमत (अस्ट्रेलिया), कृष्ण सञ्जेल केसी (यूएसए) र समिम अन्वार (अस्ट्रेलिया)लाई केन्द्रीय कार्यकारी सदस्यका रूपमा मनोनीत गरेको हो ।


संस्थाको विधान अनुसार संस्थाका लागि योग्य, प्रतिबद्ध र प्रेरणादायी व्यक्तित्वहरूलाई केन्द्रीय कार्यकारी सदस्यका रूपमा मनोनीत गरेको अध्यक्ष लामाले जानकारी दिए ।


यसका साथै बैठकले आगामी योजना, संस्था बिस्तार, श्रोत परिचालन र विकास, संस्थाका आन्तरिक लगायत थुप्रै एजेन्डाहरूमा छलफल र निर्णय गरेको महासचिव कुशल केसीले जानकारी दिए ।


नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको एनडीओले हालै पहिलो साधारणसभा गरेर लामाको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो । युएनडीओमा गैरआवासीय नेपाली संघबाट विद्रोह गरेकाहरु रहेका छन् भने एनडीओको सदस्य हुनका लागि विदेशी पासपोर्ट भएका गैरआवासीय नेपाली हुनुपर्ने व्यवस्था छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology