मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

छाँयानाथ रारा नगरपालिका

रामनगर गाउँपालिका

बजेट

राप्तीसोनारी गाउँपालिका

राजपुर गाउँपालिका

संसदीय समितिमा प्रधानमन्त्रीको चीन भ्रमणबारे परराष्ट्रमन्त्री राणाद्वारा ब्रिफिङ

Mayorsap

सोम, पौष २९, २०८१ | १३:०३ बजे

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको चीन र संयुक्त राष्ट्रसङ्घको भ्रमणबारे जानकारी दिएकी छन् । सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री राणाले भ्रमणबारे जानकारी दिएकी हुन् ।


बैठकमा उनले प्रधानमन्त्री ओलीको असोजमा राष्ट्रसङ्घको ७९ औँ महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपालको उपस्थिति मजबुत बनाउन योगदान गरेको बताइन् । उनले भनिन् : ‘यसबाट नेपालको पक्षमा विश्व समुदायको ध्यानाकर्षण गराउन, राष्ट्रिय हित प्रवर्द्धन गर्न गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सशक्त रूपमा प्रस्तुत गर्न योगदान पुगेको छ ।’ प्रधानमन्त्री ओली असोज ४ गतेदेखि १४ गतेसम्म राष्ट्रसङ्घको सभामा सहभागी भएका थिए ।


मन्त्री राणाले प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि २० गतेसम्म भएको चीन भ्रमण पनि उपलब्धिमूलक भएको बताइन् । सो भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच दुई पक्षीय हितका विविध विषयहरूमा छलफल भएको बताउँदै उनले उक्त वार्तामा नेपाल र चीनबिचको सम्बन्ध र सहयोग सम्बन्धी महत्पूर्ण पक्षहरूमा घनिभूत छलफल हुनुका साथै द्विपक्षीय सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त भएको बताइन् । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology