मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

मालिका गाउँपालिका

कालीगण्डकी गाउँपालिका

बुद्धजन्मस्थल

मेलमिलाप केन्द्र

बान्नीगढी जयगढ गाउँपालिका

सप्तकोशीमा स्नान गर्ने श्रद्धालुको घुइँचो

१८ पालिकामध्ये अधिकांश पालिकाले दिए स्थानीय बिदा

Mayorsap

सोम, पौष २९, २०८१ | १६:०३ बजे

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित सप्तकोशी ब्यारेजमा लाग्ने कोशी मेलामा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । सुनसरी र सप्तरीको बीचमा पर्ने कोशी ब्यारेजमा प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमाको दिन मेला लाग्ने गर्दछ ।


यसैगरी, जिल्लाको हनुमाननगर, कुनौली, सप्तकोशी नगरपालिका–६ स्थित म्याग्जिन चौरिया, कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित कनकट्टासहित कोशी नदी बग्ने अधिकांश स्थानमा आज कोशी स्नान र मेला भर्नेहरुको घुइँचो लागेको  छ ।


सप्तरीको १८ पालिकामध्ये कोशी क्षेत्रअन्तर्गत रहेका अधिकांश पालिकाले आज स्थानीय बिदा दिएका छन् ।  हनुमाननगर कङ्कालिनी नगरपालिका–२ का दिनेशकुमार राउतले ‘कोशी स्नान गरे पापबाट मुक्ति पाउने तथा गङ्गास्नान गरेसरह हुने’ जनविश्वास रहेको बताउनुभयो  । यस दिन बिहान कोशी नदीमा नुहाएर मिठोचोखो खाने कुराहरु खाने चलन छ । कोशी स्नानपछि भुजा, च्युरा, पुरी, तरकारी, जेरीसहितका मिठाईहरु खाने प्रचलनसमेत छ ।


कोशी नदीलाई कौशिका माताका रुपमा पूजा गर्ने चलनअनुसार यस दिन कोशीमा नुहाएर खानेकुरा खाए हरेक इच्छा पूरा हुने जनविश्वास रहेको स्थानीय बुढापाकाहरू बताउँछन् । रोशनकुमार कर्णले कोशी मेलालाई कृषि मेलाका रुपमा समेत चिनिने कोशी मेलामा कृषि औजारका साथै घरेलु औजार (हस्त निर्मित सामग्री)हरुको खरिद–बिक्री हुने गरेको छ । यो मेलामा सप्तरीको सप्तकोशी, हनुमाननगर कङकालिनी र राजविराज नगरपालिकासहित सुनसरीको कोशी गाउँपालिका र भारतको विहार राज्यको सुपोल जिल्लाका भक्तजन मेला भर्नेहरु आउने गर्दछ  ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology