मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अन्नपूर्ण गाउँपालिका

खुम्बु पासाङल्हामु गाउँपालिका

आठबिसकोट नगरपालिका

भजनी नगरपालिका

नौकुण्ड गाउँपालिका

दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना

Mayorsap

सोम, पौष २९, २०८१ | २२:२९ बजे

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना गरेको छ । चित्रकलाको माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धनसँगै कला, साहित्य र मौलिक संस्काररसंस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कला सङ्ग्रहालय स्थापना गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज उक्त कला सङ्ग्रहालयको औपचारिक उद्घाटन गरे । सङ्ग्रहालय उद्घाटन गर्दै मन्त्री पाण्डेले कला, साहित्य र मौलिक संस्कार/संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनमा नगरपालिकाले गरेको कामको प्रशंसा गरे ।

 

नगरपालिकाले विसं २०८० असोज १७ गतेदेखि २० गतेसम्म मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलमा आयोजना गरिएको कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ८२ वटा चित्रलाई सङ्कलन गरी कला सङ्ग्रहालय स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

 

चित्रकलाका माध्यमबाट खोटाङ र सिङ्गो देशलाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ कला सङ्ग्रहालय स्थापना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । उनले भने, “यसलाई थप प्रवर्द्धन गर्न सबैको सहयोग आवश्यक छ ।” 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology