Ad Image

मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, आज कार्यदलको पहिलो बैठक

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736821318.jpg

काठमाडौं ।  तराई मधेस केन्द्रित दलहरूले मोर्चा गठनको तयारीलाई तीव्रता दिएका छन् । संसदमा प्रतिनिधित्व गर्नेदेखि संसद बाहिर रहेका तराई मधेस केन्द्रित दलहरूले मोर्चा गठन गर्ने तयारी गरेका हुन् । जसअनुसार आज बिहान १० बजे समर्पण एकेडमी, धुम्बाराहीमा पहिलो पटक संयुक्त कार्यदलको बैठक बस्दैछ ।  

सो बैठकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट रेणु यादव र इस्तियाक राई सहभागी हुने छन् भने उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नेपालबाट राजकिशोर यादव सहभागी हुँदैछन् ।  यसैगरी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल तथा सुरेन्द्र झा सहभागी हुनेछन् भने जनमत पार्टीबाट अब्दुल खान र शरद यादवको प्रतिनिधित्व रहनेछ । 

यसैगरी, संसद बाहिर रहेका दलहरुमध्ये हृदयेश त्रिपाठी नेतृत्वको जन प्रगतिशील पार्टीबाट शिवजी यादव तथा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट केशव झाको प्रतिनिधित्व रहनेछ भने तराइ मधेस लोकतान्त्रिक पार्टीबाट वृषेशचन्द लाल स्वयं उपस्थित हुने जनाइएको छ।