मेयरसाप

बालेन शाह

अर्थ

शिक्षा

काठमाडौं महानगरपालिका

शिक्षक

राजनीतिक दल

राष्ट्रिय महिला आयोग

मेलमिलाप केन्द्र

‘मेयरसँग युवा’

शुक्लागण्डकी नगरपालिका

विनयी त्रिवेणी गाउँपालिका

गाजा युद्ध अन्त्यनजिक, अन्तिम वार्ता आज कतारमा

Mayorsap

मंगल, माघ १, २०८१ | १२:५३ बजे

गाजा । गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले अन्तिम वार्ता आज हुने भएको छ। यो वार्ता मंगलबार कतारको राजधानी दोहामा गाजा युद्ध अन्त्यबारे छलफल गर्न लागिएको हो।


अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविराम र बन्धक रिहाइको सम्झौता निकट भएको बताएका छन्। १५ महिनादेखि जारी नरसंहार र बन्धक रिहाइको लागि प्रयास तीव्र पारिएको छ। दोहामा कतारी मध्यस्थता र इजरायली प्रतिनिधिमण्डलबीच छलफल चलिरहेको छ। अमेरिकाले वार्ता महत्वपूर्ण चरणमा छ भनेको छ।


हमासले पनि कुराकानी राम्रोसँग अघि बढिरहेको बताएको छ। सोमबार सम्झौताको मस्यौदा प्रस्तुत गरिएको थियो। बाइडेनले यो सम्झौताले बन्धक रिहा गर्ने, लडाइँ रोक्ने, इजरायललाई सुरक्षा दिने र प्यालेस्टाइनमा मानवीय सहायता पुर्‍याउने दाबी गरेका छन्।


यदि वार्ता सफल भयो भने, यसले एक वर्षभन्दा लामो समयदेखि जारी युद्ध समाप्त गर्नेछ। ठूलो संख्यामा बन्धक रिहा हुनेछन्। यससँगै नेपालका विपिन जोशी पनि रिहा हुने आशा छ। सोमबार मात्र परराष्ट्रमन्त्री आरजु राणा देउवाले विपिन सुरक्षित रहेको र चाँडै फर्कने बताएकी थिइन्। हमासले लडाइँ अन्त्य गर्न सम्झौता चाहेको छ। इजरायलले अक्टोबर २०२३ मा हमासको आक्रमणपछि गाजामा आक्रमण सुरु गरेको थियो।


त्यसपछि ४६ हजारभन्दा बढी मानिस मारिएका छन्। अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहणलाई डेडलाइन मानिएको छ। सम्झौताको पहिलो चरणमा ३३ बन्धक छुट्नेछन्, दोस्रो चरणमा बाँकी र मृतकको शव फिर्ता हुनेछ।


सम्झौताले चरणबद्ध रुपमा इजरायली सेना फिर्ता, सुरक्षा सम्बन्धी कुरा समेट्नेछ। त्यसपछि प्यालेस्टिनी लडाकुहरू रिहा हुनेछन्, तर त्यसमा सात अक्टोबर २०२३ का आक्रमणकारीहरू समावेश नभएको रोयटर्सले लेखेको छ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology