Ad Image

खो खो विश्वकपको महिलातर्फ भुटानलाई हराउँदै नेपालको शानदार जित

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736842042.png

काठमाडौं । भारतमा जारी खो-खो विश्वकपमा नेपालको महिला टोलीले विजयी सुरूवात गरेको छ । नेपालको महिला टिमले पहिलो खेलमा भुटानलाई ९३-२४ ले हराएको हो ।


खेलको उत्कृष्ट खेलाडी नेपालकी मानमती धामी घोषित भइन् । सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले आजै अर्को खेलमा जर्मनीसँग खेल्ने छ ।


समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् । नेपालले बुधबार श्रीलंकासँग, बिहीबार बंगलादेशसँग खेल्ने छ । हरेक समूहबाट शीर्ष दुई टोली क्‍वाटरफाइनलमा प्रवेश गर्ने छन् ।


पुरुषतर्फ समूह ए मा रहेको नेपालले पहिलो खेलमा भने भारतसँग ४२-३७ ले पराजित भएको थियो । पुरूष टोलीले आज पेरूसँग खेल्दै छ ।