मेयरसाप

बालेन शाह

अर्थ

काठमाडौं महानगरपालिका

राजनीतिक दल

स्वास्थ्य

शिक्षा

मधुवन नगरपालिका

रक्सी–चुरोट

दुल्लु नगरपालिका

सामुदायिक विद्यालय

श्रमदान

मुलुकको समृद्धिका लागि क्रियाशील हुन पर्वले उत्प्रेरित गर्ने उपराष्ट्रपतिको विश्वास

Mayorsap

मंगल, माघ १, २०८१ | १४:३१ बजे

काठमाडौँ ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवले माघी पर्वले मुलुकको समृद्धिका लागि क्रियाशील हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

 

माघीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै आज जारी गरेको शुभकामना सन्देशमा उनले राष्ट्रियता र परस्पर भ्रातृत्व, अपनत्व फैलाउन यस्ता मौलिक पर्वले सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् ।

 

यसै अवसरमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आजै जारी गर्नुभएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक हाम्रो मुलुकमा विभिन्न समुदायले मनाउने मौलिक चाडपर्वले एकापसमा भ्रातृत्व, पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई  बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology