मेयरसाप

बालेन शाह

अर्थ

काठमाडौं महानगरपालिका

राजनीतिक दल

स्वास्थ्य

शिक्षा

भंगहा नगरपालिका

गुल्मीदरबार गाउँपालिका

पैयूँ गाउँपालिका

गर्मी

तिला गाउँपालिका

चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

Mayorsap

बुध, माघ २, २०८१ | ०६:५८ बजे

काठमाडौं । संघीय संसदका चार समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार अर्थसहित चार समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गरिने भएको छ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक भने बिहान ११ः३० बजेबाट सुरू हुनेछ । बैठकमा नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८० को सार्वजनिकीकरण र छलफल हुने जनाइएको छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै एजेन्डाले निरन्तरता पाउनेछ । जसअनुसार तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology