मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

व्यास नगरपालिका

केपी ओली

स्वास्थ्य क्लिनिक

अनिवार्य कर

चामुण्डा बिन्द्रासैनी नगरपालिका

सेकले एलन मस्क विरुद्ध हाल्यो मुद्दा

Mayorsap

बुध, माघ २, २०८१ | १२:१७ बजे

वासिङटन डीसी । अमेरिकी शेयर नियामक सेक्यरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक)ले खर्बपति व्यापारी एलन मस्कमाथि मुद्दा हालेको छ । सन् २०२२ मा एक्स (त्यतिबेलाको ट्विटर) किन्नु अघि नै कम्पनीको शेयर किनेको कुरा सार्वजनिक नगरेको मामिलामा सेकले उनीमाथि मुद्दा हालेको हो ।

 

मस्कले एक्स किन्नुअघि नै यसको केही सेयर किनिसकेका थिए । यसबारे मस्कले सेकलाई जानकारी गराउनुपर्थ्यो, तर गरेनन् । नियम उल्लङ्घन गरेको आरोपमा सेकले मस्क विरुद्ध कानुनी कारबाही सुरु गरेको छ ।


मिडिया रिपोर्टका अनुसार मस्कले २०२२ को सुरुवातदेखि नै ट्विटरको शेयर किन्न थालेका थिए ।  मार्च २०२२ सम्ममा मस्कसँग ट्विटरको ५ प्रतिशतभन्दा बढी शेयरको स्वामित्व थियो । तर मस्कले अप्रिल ४ सम्म यो खुलासा नगरेको उजुरीमा भनिएको छ ।


यो नियमको उल्लङ्घन हो ।  मस्कले अक्टोबर २०२२ मा ट्विटर किने अनि पछि यसको नाम फेरेर एक्स राखे । सेकको मुद्दालाई उनका मस्कका वकिल अलेक्स स्पिरोले भने बनावटी भनेको छ ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology