Ad Image

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्ने

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736928030.jpeg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी भएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर अध्यादेशका विषयवस्तु सार्वजनिक गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


अध्यादेशबारे आलोचना र विरोध भएपछि प्रधानमन्त्री अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने निर्णयमा पुगेको बुझिएको छ । सरकारले पुस २६ गते विभिन्न ५ अध्यादेश ल्याएको थियो । तर, राष्ट्रपति कार्यालयले सोमबार सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश मात्र जारी गरेको थियो ।


राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धि अध्यादेश अध्ययन गर्नुपर्ने भन्दै होल्ड गरेका थिए ।