पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
Mayorsap
बुध, माघ २, २०८१ | २१:१६ बजे

काठमाडौं । पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएपछि नेपालमा पनि वृद्धि गरिएको जनाएको छ । यससँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२।५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३।५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ । बढेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ ।
