मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

गर्मी

सूर्यविनायक नगरपालिका १७औँ नगर अधिवेशन

गोपाल हमाल

इटहरी उपमहानगरपालिका

पहिरो

पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज

Mayorsap

बिही, माघ ३, २०८१ | १०:१३ बजे

काठमाडौं । पाचन क्रियालाई ठीक राख्न फाइबर चाहिन्छ। उच्च फाइबरयुक्त खानेकुराले पेट फुल्ने, कब्जियत, पेट दुख्ने, एसिडिटी र अन्य पेटसम्बन्धी समस्याहरूलाई टाढा राख्छ। डाइटरी फाइबरयुक्त खानेकुराले आन्द्राको चाल राम्रो राख्छ। यी खानेकुराले दिसालाई पनि राम्रो बनाउँछ, जसले कब्जियतबाट बचाउँछ। साथै, फाइबरको सेवनले तौल घटाउनमा पनि मदत गर्छ ।   
 

ब्रोकाउली 
ब्रोकाउलीमा प्रशस्त मात्रामा फाइबर हुन्छ । ब्रोकाउली खाँदा पेटको राम्रो ब्याक्टेरियालाई फाइदा हुन्छ र पेटलाई स्वस्थ र सन्तुलित राख्छ। यस्तो अवस्थामा ब्रोकाउली खानु निकै फाइदाजनक हुन्छ । ब्रोकाउलीलाई विशेष गरी तौल घटाउने आहारमा समावेश गर्न सकिन्छ।

स्याउ
स्याउलाई फाइबरयुक्त फलफूलमा मानिन्छ । स्याउ खाँदा तौल सामान्य रहन्छ र पाचन पनि स्वस्थ रहन्छ । तपाईं दैनिक एकदेखि दुई वटा स्याउ खान सक्नु हुन्छ। स्याउ खाने सबैभन्दा राम्रो समय बिहान १० देखि ११ र बेलुका ४ देखि ६ सम्मलाइ मानिन्छ ।

सिमी 
खानामा फाइबरको मात्रा पूरा गर्न सिमी खान सकिन्छ । सिमी तरकारी, सलाद, सुप र स्ट्यू आदि बनाउन प्रयोग गर्न सकिन्छ। आधा कप सिमीबाट शरीरलाई ९ ग्रामसम्म फाइबर प्राप्त हुन्छ ।

ड्राइ फ्रुट
सुख्खा फलफूलबाट पनि शरीरलाई राम्रो मात्रामा फाइबर प्राप्त हुन्छ । बदाम, काजू र ओखर जस्ता सुक्खा फलफूलमा फाइबर प्रशस्त हुन्छ। यी खाजाको रूपमा खान सकिन्छ। ड्राई फ्रुट स्वादमा मात्रै राम्रो नभई स्वास्थ्यमा पनि प्रभावकारी हुन्छ । तिनीहरूलाई आहारको भाग बनाउनु धेरै लाभदायीक छ।

केरा 
केरामा पोटासियम र फाइबर प्रशस्त मात्रामा पाइन्छ। स्वास्थ्यका लागि दैनिक एक वा दुइवटा केरा खान सकिन्छ । केरा खाँदा शरीरलाई प्रशस्त मात्रामा फाइबर प्राप्त हुन्छ । केरालाई सादा खान सकिन्छ वा ओट्स, दही, मिल्क शेक वा स्मूदीसँग प्रयोग गर्न सकिन्छ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology