पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई मेसेन्जरमा पठाउने ३१ वर्षीय पुरुष पक्राउ


काठमाडौं । पूर्वप्रेमीकाको चरित्र हत्या गरेको आरोपमा एकजना ३१ वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पीडित महिलाले दिएको उजुरीको आधारमा ती पुरुषलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका वडा नं. ५ घर भई हाल काठमाडौंको बौद्ध नयाँबस्ती बस्ने वर्ष ३१ को सरोज कटुवाल रहेका छन् ।
कटुवालले दिदीसँग सम्बन्धमा रहँदा जानकारी र सहमति बिना खिचि राखेका अश्लील 'भिडिओ' तथा तस्विरहरू बहिनीको 'म्यासेन्जर'मा पठाई चरित्र हत्या गरेका थिए । बहिनीको म्यासेन्जरमा दिदीको अश्लील 'भिडिओ' पठाएपछि पीडित महिलाले आवश्यक कारवाही गरी पाउँ भनि ब्यूरोमा निवेदन दिएकी थिइन् ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा गत पुस २९ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरिएको छ । यसबारे थप अनुसन्धान कार्य भइरहेको सीआइबीले जनाएको छ ।