मेयरसाप

शिक्षा

शिक्षक

बालमैत्री

कृषि अनुदान

कावासोती नगरपालिका

अर्थ

पर्यटन

‘घर घरमा डाक्टर’

नरैनापुर गाउँपालिका

सर्केगाड गाउँपालिकाका विपन्न ३३ घरधुरीलाई फाइबर सिरक सहयोग

Mayorsap

शुक्र, माघ ४, २०८१ | ०९:४२ बजे

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–१ देखि ८ वडाका ३३ घरधुरीलाई फाइवर सिरक सहयोग गरिएको छ । श्री सत्य साई केन्द्र हुम्लाले विपन्न परिवारलाई सिरक सहयोग गरिएको नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति वसन्त रोकायाले बताए । 
 
सर्केगाडको वडा नम्बर ८ को राहदेबमा दुई, वडा नम्बर ७ को रोडिकोडमा आगलागी पीडितलाई १९, वडा नम्बर ६ बराईमा दुई, वडा नम्बर ५ गोठीमा तीन, वडा नम्बर २ मा दुई, वडा नम्बर ३ उनापानी दुई, वडा नम्बर ४ मा तीन, वडा नम्बर ८ मा दुई वटा सिरक वतरण गरिएको हो । 
  
अतिविपन्न, गरिब, आगलागीपीडितलाई सानो भएपनि सहयोग गरिएको उपसभापति रोकायाले बताए । यस्तै सिमकोट गाउँपालिकामा रहेका आगलागीपीडित, विपन्न, गरिबलाई पनि वितरण गरिने भएको रोकायाले बताए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology