मेयरसाप

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

शिक्षा

शिक्षक

त्रिशूली

बालविवाह

राप्ती गाउँपालिका

स्वामिकार्तिक खापर गाउँपालिका

वीरेन्द्रनगर नगरपालिका

चन्द्रागिरी नगरपालिकाका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन तीव्र, अखाद्य वस्तुलाई नष्ट गरिँदै

Mayorsap

शनि, माघ ५, २०८१ | ०७:२८ बजे

काठमाडौं । संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरी  नगरपालिकाभित्र सञ्चालित खाद्यन्नरकिराना पसल, पानी उद्योग, खानेतेल (तोरी मिल)  उद्योग एवं दूग्धजन्य डेरी उद्योगमा अनुगमनलाई तीब्रता दिएको छ ।  

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा हालै प्रयोगमा ल्याइएको अत्याधुनिक घुम्ति प्रयोगशाला  ‘ फुडल्याब भ्यान’ मार्फत स्थलगत रुपमा परीक्षण गरिएको सो अनुगमन टोलीमा चन्द्रागिरि नगरपालिका सहित जिल्ला प्रशासन कार्यालय काठमाडौँ, प्रहरी वृत्त थानकोट र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागको प्रतिनिधि रहेका थिए ।

गत पुस २६ गते सो टोलीले अनुगमनका क्रममा चन्द्रागिरि –१२ स्थित बलम्बुमा रहेको ह्वाइट हिमालयन मिल्क प्रालीले बिक्रीवितरणका लागि तयार गरेको दूधको परीक्षण गर्दा अखाद्य बस्तु अर्थात ‘न्युट्रलाइजर पोजेटिभ’भेटिएको र तत्काल ६०० लिटर दूध नष्ट गरेको थियो ।  साथै सो उद्योगबाट उत्पादित अखाद्य घिउ, नौनी तथा पनिर समेत अनुगमन टोलीले नष्ट गरेको थियो ।  नगरपालिकाले सो उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार दुईलाख जरिवाना गराइएको जनाइएको छ ।

दूध तथा दूग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका २०७५ अनुसार  सो उद्योगको दूधको गुणस्तर मापदण्ड जाँच गरिएको थियो । अनुगमन टोलीले चन्द्रागिरि वडा नं ११, १२ र १४ मा सञ्चालित विभिन्न तोरी मिलको अनुगमन समेत गरेको नगरपालिकाले जनाएको छ । यसक्रममा ती मिलबाट उत्पादित तेलको गुणस्तर जाँच गर्दा अखाद्यबस्तु मिसावट गरेको नभेटिएको चन्द्रागिरि नगरपालिका उद्योग, वाणिज्य तथा व्यवसाय प्रवद्र्धन शाखाले जनाएको छ ।

संयुक्त बजार अनुगमन टोलीले गत पुसको अन्तिम साता नै चन्द्रागिरि नगरपालिका वडा  नं ८ भित्र सञ्चालित केही खानेपानी उद्योगहरुमा आकस्मिक अनुगमन गरेको थियो । यस क्रममा पानीको गुणस्तर जाँच गरिएका उद्योगद्वारा उत्पादित पानी मापदण्डभित्रै रहेको भेटिएको थियो । अनुगमनका क्रममा टोलीले पानी भर्न अयोग्य केही बोतल तथा जार नष्ट गरेको जनाइएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology