Ad Image

चौदण्डीगढी मेयर कप फुटबल सोमबारदेखि

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737189817.jpg

उदयपुर । चौदण्डीगढी नगरपालिकाले नारदमुनि खेल मैदानमा आगामी सोमबारदेखि आयोजना हुने छैटौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।     
     
 नगरपालिकाको आयोजनामा हुने उक्त प्रतियोगितामा आठ समूहले स्पर्धा गर्ने चौदण्डीगढी नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले बताए । प्रतियोगितामा प्रथम हुने टिमलाई रू ५५ हजार र कप प्रदान गरिनेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीलाई रू ३५ हजार र प्रमाणपत्र प्रदान गरिने छ । खेल नकाउटका आधारमा हुनेछ ।