खो खो विश्वकप फाइनल आज: उपाधिका लागि नेपाल र भारत खेल्दै
Mayorsap
आइत, माघ ६, २०८१ | ०९:१२ बजे

काठमाडौं । भारतमा जारी खो खो विश्वकपमा आज फाइनल खेल हुँदैछ । विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली फाइनल पुगेको छ । आज पुरूष र महिला दुवैतर्फ नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ । पुरुषतर्फको फाइनल राति ८्:१५ बजे सुरु हुनेछ । दुवै खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा हुनेछ ।
खो खो खेल खासै चर्चित नभएपनि अहिले भइरहेको खो खो विश्वकपबाट भने यस खेलले राम्रै चर्चा पाएको छ । फाइनल पुगेर इतिहास रचिसकेको नेपालले अब फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी उचाल्ने लक्ष्य राखेको छ । फाइनल जिते नेपाली खेलकुदका लागि त्यो ऐतिहासिक क्षण हुनेछ ।