मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

कानेपोखरी गाउँपालिका

इस्मा गाउँपालिका

मेयरसाप

बुढीगङ्गा गाउँपालिका

विद्यालय

२६ सय अङ्कमा पुग्यो नेप्से परिसूचक, छ अर्बभन्दा बढीको कारोबार

Mayorsap

आइत, माघ ६, २०८१ | १६:५२ बजे

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दुई हजार छ सय अङ्कभन्दा माथि उक्लिएको छ । आजको कारोबारपछि परिसूचक शून्य दशमलव ४८ प्रतिशत अर्थात् १२ दशमलव ५८ अङ्कले बढेर दुई हजार छ सय एक दशमलव २१ अङ्कमा पुगेको हो । 
    

आज विभिन्न तीन सय २५ कम्पनीका एक करोड २९ लाख ८२ हजार छ सय १९ कित्ता शेयर ७२ हजार पाँच सय ४० पटक खरिद बिक्री हुँदा रु. छ अर्ब २५ करोड ७२ लाख ३५ हजार छ सय २४ मा कारोबार भएका छन् । आजको कारोबारपछि बजारपुँजीकरण रु. १४ खर्ब ३९ अर्ब ९८ करोड ९६ लाख ४७ हजार नौ सय ३२ पुगेको छ ।
    

आज बोटलर्स नेपाल ९बालाजु० लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ०९, साम्लिङ पावर कम्पनीको शेयर मूल्य सात दशमलव ४६, नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य सात दशमलव ३७ प्रतिशतले बढेको छ । 
    

साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी एनआइसी एसिया सेलेक्ट फण्ड ३० को शेयर मूल्य छ दशमलव ९३ प्रतिशत, रिभर फल्स पावर लिमिटेडको छ दशमलव ४५ प्रतिशतले घटेको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology