मेयरसाप

अर्थ

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

नगर बस

बडिमालिका नगरपालिका

स्वास्थ्यकर्मी

रामनगर गाउँपालिका

पिपरा गाउँपालिका

प्रधानमन्त्री कप स् डेब्यू खेलमा आर्मीको शानदार जित

Mayorsap

आइत, माघ ६, २०८१ | २१:५७ बजे

फाप्ला । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले डेब्यू खेलमा शानदार जित निकालेको छ । पहिलोपटक प्रतियोगितामा सहभागी भएको आर्मीले मधेस प्रदेशलाई १० विकेटले हराउँदै सुखद सुरूआत ग¥यो । मधेसले दिएको २६ रनको झिनो लक्ष्य आर्मीले दुई दशमलव पाँच ओभरमा विकेट नगुमाई पूरा गर्‍यो । आर्मीका लागि सम्झना खड्काले अविजित २२ र अञ्जली विश्वकर्माले ४ रन बनाइन् ।

 

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेस १५ दशमलव दुई ओभरमा २५ रन बनाएर अलआउट भएको थियो । मधेसका लागि भूमि सिंहले सर्वाधिक १० रन बनाइन् । सात खेलाडी डकआउट भए ।

 

आर्मीका लागि आश्मा पुलामी मगरले ३ विकेट, मनिषा चौधरी र लक्ष्मी साउदले २–२ तथा सीता शाही र ईश्वरी विष्टले १–१ विकेट लिइन् । आश्मा प्लेयर अफ द म्याचसमेत भइन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology